हरियो वन नेपालको धन बारे निबन्ध - Essay on Wealth of Green Forest Nepal

 

 


निश्चय पनि ‘हरियो वन नेपालको धन’ हो। नेपाल विकास उन्मुख मुलुक हो तर पनि वनमा भने धनी छ। नेपालमा ठूला-ठूला जंगलहरु छन्, जंगलहरु भएकै कारणले नेपाल प्राकृतिक रूपले सुन्दर देखिएको छ। नेपालमा भएको जंगलको सदुपयोग गर्न सकेमा नेपाल धनी र नेपाली सुखी हुन सक्छन्।
(Undoubtedly, "The Green Forest is Nepal’s Wealth." Nepal is a developing country, but it is rich in forests. There are vast and dense jungles in Nepal, and these forests make Nepal naturally beautiful. If the available forests in Nepal are properly utilized, Nepal can become prosperous, and the people of Nepal can lead a happy life.)

वनबाट हामी नेपालीलाई थुप्रै फाइदाहरू छन्। बाँकी कारणले गर्दा समयमा वर्षा भई खेतीपाती हुने गर्छ। सिँचाइको लागि पनि वर्षा हुनु जरुरी छ। वनलाई प्राकृतिक बीमा भन्न सकिन्छ। किनभने बाढी र पहिरोलाई रोक्ने गर्छ। बेला-बेलामा भूक्षय भइरहने गर्छ। पर्याप्त वन भएको ठाउँमा भूक्षय हुन सक्दैन। वनबाट अनेकौँ जडीबुटीहरू निस्कने गर्छ। वनबाट नै पशुहरूलाई घाँस प्राप्त हुन्छ। सलाई बनाउने काठ, चन्दन, रबडको लस्सा, लह, मसला, बाँस इत्यादि वनबाट प्राप्त हुने गर्छ।
(Forests provide numerous benefits to us Nepalese. Because of forests, timely rainfall occurs, which supports agriculture. Rainfall is also essential for irrigation. Forests can be considered natural insurance as they help prevent floods and landslides. In many places, soil erosion occurs frequently, but in areas with dense forests, erosion is minimal. Forests also provide various medicinal herbs. Additionally, forests supply fodder for animals. Essential materials like timber for matchsticks, sandalwood, rubber latex, resins, spices, and bamboo are obtained from forests.)

वन अध्यात्म कालदेखि नै शान्तिको पुजारी रहेको छ। ऋषि-मुनिहरू अध्यात्म शान्तिको लागि वन-जंगलमै गएर तपस्या गर्ने गरेको यथेष्ट प्रमाण धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ। जंगल जंगली जनावर, पक्षीहरूको आरक्षण पनि हो। दुर्लभ जीवजन्तु वन-जंगलमा नै बस्ने गरेका हुन्छन्।
(Since ancient times, forests have been regarded as symbols of peace. Religious scriptures provide ample evidence that sages and monks used to retreat to the forests for meditation and spiritual peace. Forests also serve as a sanctuary for wild animals and birds. Many rare species of wildlife reside in the jungles.)

उक्त महत्त्वलाई बुझ्दा बुझ्दै पनि बढ्दो जनसंख्याको कारणले दिनप्रतिदिन जंगलको विनाश भइरहेको पाइन्छ। देशमा प्रजातन्त्र आएपछि जंगल मास्ने क्रममा बाढी नै आएको विनाश भइरहेको पाइन्छ। देशमा कमी आएको छ। सरकारले पनि नङ्गा पाखा, डाँडामा वृक्षारोपण गरेको छ। वन विनाशको कारणले आइपर्ने दुखलाई हरेक मानिसमा बुझाई अर्थात् जंगलको महत्त्वको जनचेतना जगाई सबैले वृक्षारोपण गर्ने र उक्त कार्यमा सहयोग गर्ने हो भने ‘हरियो वन नेपालको धन’ भन्ने कुरा सदैव रहि रहने छ।
(Despite understanding its importance, deforestation is increasing daily due to the growing population. After the establishment of democracy, large-scale deforestation has occurred, leading to severe environmental destruction. As a result, the availability of forest resources has significantly declined. The government has taken initiatives by planting trees in barren lands and hills. If people become aware of the problems caused by deforestation and understand the importance of forests, everyone will participate in afforestation efforts. By doing so, the saying "The Green Forest is Nepal’s Wealth" will always remain true.)