भाषा वर्ण अक्षर - Bhasha ra Byakaran

 

 

कुराकानीको माध्यम भाषा हो । मानव मानवबीच भावना वा विचार सम्प्रेषण गर्ने माध्यम भाषा हो । यो संसारमा ६ हजारभन्दा बढी भाषाको अस्तित्व रहेको बताइन्छ।(Conversation is a medium of language. Language is the medium through which humans communicate emotions or thoughts with each other. It is said that there are more than 6,000 languages in the world. )  विचार विनिमय गर्ने माध्यम भाषा हो । भाषाको प्रयोगले मानिसले आफ्नो ज्ञान र अनुभव बाँड्न र ग्रहण गर्न पाएका छन् । मानव सभ्याताको विकासको प्रमुख कारण नै भाषा हो । भाषाको विकास हुन लामो समय लागेको छ। भाषा एकछिनको प्रयासमा विकास हुने कुरा होइन। निरन्तरको सामाजिक समझौतापछि भाषाको विकास भएको छ । प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरूको सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन । कुनै एउटा भाषालाई कयौँ लिपिहरूमा लेख्न सकिन्छ र दुई वा त्यो भन्दा बढी भाषाहरूलाई एउटै लिपिमा लेख्न सकिन्छ। नेपाली भाषा नेपालभित्र त साझा सम्पर्क भाषा हुँदै हो र यो बाहेक नेपाल मूल भएका र नेपालसँग कुनै न कुनै समयमा कुनै न कुनै प्रकारको सम्बन्ध कायम भएका विश्वमा छरिएर रहेका विभिन्न जातिको साझा सम्पर्क भाषाको रूपमा नेपाली भाषाले काम गरेको छ। नेपाली भाषा यी सबैका लागि पहिचान र गौरवको विषय हो। भाषालाई प्रयोगका आधारमा कथ्य र लेख्य गरी दुई भागमा विभाजन गर्न सकिन्छ । बोलचालमा प्रयोग हुने भाषालाई कथ्य भाषा भनिन्छ । लेखपढमा प्रयोग गरिने भाषालाई लेख्य भाषा भनिन्छ ।

(Language is the medium for exchanging ideas. Through the use of language, humans have been able to share and acquire knowledge and experience. The primary reason for the development of human civilization is language. The development of language has taken a long time. Language does not develop with a momentary effort. Language has developed after continuous social agreements. Most of the time, scripts are used to express language in written form. Language and script are two different mediums for expressing emotions. A single language can be written in many scripts, and two or more languages can be written in the same script. The Nepali language is the common contact language within Nepal, and apart from this, it has served as the common contact language for various communities of Nepali origin who have been scattered around the world and have had some kind of relationship with Nepal at some point in time. Nepali language is a matter of identity and pride for all of them. Based on usage, language can be divided into two parts: spoken and written. The language used in conversation is called the spoken language. The language used in writing and reading is called the written language.)

नेपाली वर्णहरू :- वर्ण भनेको भाषाको सबैभन्दा सानो टुक्रा हो । वर्ण भनेको भाषाका उच्चारित ध्वनिहरूको समूह हुन् । वर्णविज्ञान अन्तर्गत भाषाका वर्णहरूको अध्यय गरिन्छ। नेपाली भाषामा निम्न वर्णको प्रयोग भएको पाइन्छ ।

(Nepali Letters: A letter is the smallest unit of language. A letter is a group of spoken sounds in a language. Phonology studies the letters of a language. The following letters are used in the Nepali language.)

 

वर्ण (Letters)

विभिन्न व्याकरणमा वर्णलाई आ-आफ्नै प्रकारले परिभाषित गरिएको पाइन्छ। (Different grammars define letters in their own way.)
चन्द्रिका व्याकरणअनुसार “बोल्दा खेरी आफ्नो मुखबाट जुन ध्वनि (आवाज) निस्कन्छ त्यसलाई वर्ण भन्दछन्।” (According to Chandrika Grammar, the sounds that come out of the mouth while speaking are called letters.)
वृहद् व्याकरणअनुसार “जुन वर्णात्मक ध्वनिको टुक्रा हुन सक्तैन त्यस्तो सग्लो ध्वनिलाई र त्यो ध्वनिलाई बुझाउने लेखिने अ, इ, ऊ, क, ख आदि चिह्नलाई वर्ण भन्दछन्।” (According to the Brihad Grammar, a sound that cannot be broken down further is called a letter, and the written symbols that represent those sounds, such as अ, इ, ऊ, क, ख, are also considered letters.)
उच्च माध्यमिक नेपाली व्याकरणअनुसार “अर्थमा भिन्नता ल्याउने सबैभन्दा सानो एकाइ वर्ण हो।” (According to higher secondary Nepali grammar, the smallest unit that differentiates meaning is a letter.)
वर्ण भनेको भाषाको लघुतम एकाइ हो। (A letter is the smallest unit of a language.)
यो अविभाज्य हुन्छ। (It is indivisible.)
मानवीय उच्चारण अवयवबाट उच्चरित हुने भाषाको सबैभन्दा सानो अर्थभेदक भाषिक एकाइलाई वर्ण भनिन्छ। (The smallest phonetic unit that carries meaning in a language and is pronounced using human vocal organs is called a letter.)

नेपाली भाषामा वर्णलाई दुई भागमा विभाजन गरिएको छ। (Letters in the Nepali language are divided into two categories.)
अंग्रेजीमा Vowel र Consonant भनेजस्तै नेपालीमा स्वर तथा व्यञ्जन वर्ण भनिन्छ। (Just like vowels and consonants in English, Nepali letters are classified into vowels and consonants.)
स्वर वर्ण भनेको अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः हुन्। (Vowel letters include अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः.)
व्यञ्जन वर्ण भनेको क देखि ज्ञ सम्मको वर्णलाई भनिन्छ। (Consonant letters range from क to ज्ञ.)

नेपाली स्वरवर्ण (Nepali Vowel Letters)

अन्य वर्णको सहायता नलिई आफैँ उच्चारण हुनसक्ने ध्वनि स्वर ध्वनि हुन्। (Vowel sounds are those that can be pronounced without the help of other letters.)
श्वासप्रवाहमा कुनै बाधा नभई उच्चारण गर्न सकिने ध्वनि स्वर ध्वनि हुन्। (Vowel sounds are pronounced without any obstruction in the airflow.)
नेपालीमा लेख्य परम्परामा निम्न तेह्र प्रकारका स्वरवर्ण छन् - अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः। (In the Nepali written tradition, there are 13 types of vowel letters: अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः.)

उच्चारणका हिसाबले नेपाली स्वरवर्ण जम्मा ६ प्रकारका मात्रै छन् – अ, आ, इ, उ, ए, ‌ओ। (Based on pronunciation, Nepali vowel letters are classified into only six types: अ, आ, इ, उ, ए, ओ.)
अतिरिक्त लेख्य चिन्ह ई, ऊ, ऋ, ऐ, औ, अं, अः लेख्य परम्परामा मात्रै प्रयोग हुन्छन्। (Additional letters ई, ऊ, ऋ, ऐ, औ, अं, अः are used only in the written tradition.)

नेपाली स्वर वर्णको वर्गीकरण (Classification of Nepali Vowel Letters)

नेपाली स्वर वर्णलाई उच्चारण गर्दा हुने उच्चारण अवयवको भूमिका अनुसार निम्नलिखित तरिकाले वर्गीकरण गरिएको पाइन्छ। (Nepali vowel letters are classified based on the role of articulation organs during pronunciation.)

  • मांसपेशीको आधारमा (Based on muscle movement):
    दृढ स्वर (Strong vowels): इ, आ, उ (i, ā, u)
    शिथिल स्वर (Weak vowels): ए, अ, ओ (e, a, o)

  • जिब्रोको सक्रिय भाग (Based on the active part of the tongue):
    अग्र (Front): इ, ए (i, e)
    केन्द्रीय (Central): आ (ā)
    पश्च (Back): उ, ओ, अ (u, o, a)

  • जिब्रोको उचाइ (Based on tongue height):
    उच्च (High): उ, इ (u, i)
    उच्च-मध्य (High-mid): ए, ओ (e, o)
    निम्न-मध्य (Low-mid): अ (a)
    निम्न (Low): आ (ā)

  • ओठको अवस्था (Based on lip position):
    गोलित (Rounded): उ, ओ (u, o)
    अगोलित (Unrounded): अ, आ, इ, ए (a, ā, i, e)

     

     

    नेपाली व्यञ्जन वर्ण (Consonant Letters):
    व्यञ्जन वर्ण भनेको फोक्सोबाट निस्किने श्वासमा वाधा उच्चारण हुने वर्णलाई व्यञ्जन वर्ण भनिन्छ । (Consonant letters are the letters that are pronounced with an obstruction in the breath coming out of the lungs.)
    यी स्वर वर्णको मद्धतले मात्र स्पष्ट रुपले उच्चारण गर्न सकिने हुन्छन् । (These consonant letters can only be clearly pronounced with the help of vowel sounds.)
    लेख्य नेपाली व्यञ्जन वर्ण ३६ ओटा छन् भने कथ्य नेपाली व्यञ्जन वर्ण २९ ओटा छन् । (There are 36 written Nepali consonants, whereas there are 29 spoken Nepali consonants.)
    लेख्य तथा कथ्य नेपाली व्यञ्जन वर्णहरू निम्न अनुसार छन् । (The written and spoken Nepali consonants are as follows.)


    लेख्य वर्ण (Written Consonants):

    क्, ख्, ग्, घ्, ङ्
    च्, छ्, ज्, झ्, ञ्
    ट्, ठ्, ड्, ढ्, ण्
    त्, थ्, द्, ध्, न्
    प्, फ्, ब्, भ्, म्
    य्, र्, ल्, व्, श्, ष्, स्, ह्
    क्ष्, त्र्, ज्ञ्

    यसरी व्यञ्जनको जम्मा सङ्ख्या छत्तीस देखिए पनि क्ष, त्र र ज्ञ संयुक्त व्यञ्जन हुन् । (Thus, even though the total number of consonants appears to be 36, 'क्ष', 'त्र', and 'ज्ञ' are compound consonants.)
    श, ष र स को उच्चारण ‘स’ नै हुन्छ । (The pronunciation of 'श', 'ष', and 'स' is the same as 'स'.)
    ञ र ण को पनि अन्य वर्णबाट सम्भव हुन्छ। (The pronunciation of 'ञ' and 'ण' can also be achieved using other letters.)
    यसरी उच्चार्य नेपाली व्यञ्जन वर्ण निम्न मात्रै छन् – (Thus, the spoken Nepali consonants are as follows.)


    कथ्य वर्ण (Spoken Consonants):

    क ख ग घ ङ
    च छ ज झ
    ट ठ ड ढ
    त थ द ध न
    प फ ब भ म
    य र ल व
    स ह


    व्यञ्जन वर्णको वर्गीकरण (Classification of Consonants):

    (क) उच्चारण स्थानको आधारमा (Based on the Place of Articulation):
    (अ) कण्ठ्य (Guttural): क, ख, ग, घ, ङ (K, Kh, G, Gh, Ng)
    (आ) ओष्ठ्य (Labial): प, फ, ब, भ, म, व (P, Ph, B, Bh, M, W)
    (इ) दन्त्य (Dental): त, थ, द, ध (T, Th, D, Dh)
    (ई) वत्स्य (Retroflex & Palatal): च, छ, ज, झ, ट, ठ, ड, ढ, न, र, ल, स (Ch, Chh, J, Jh, T, Th, D, Dh, N, R, L, S)
    (उ) तालव्य (Palatal): य (Y)
    (ऊ) अतिकण्ठ्य (Glottal): ह (H)


    (ख) उच्चारण प्रयत्नको आधारमा (Based on the Manner of Articulation):
    (अ) स्पर्शी (Plosive):
    क, ट, त, प (K, T, T, P)
    ख, ठ, थ, फ (Kh, Th, Th, Ph)
    ग, ड, द, ब (G, D, D, B)
    घ, ढ, ध, भ (Gh, Dh, Dh, Bh)

    (आ) स्पर्शसंघर्षी (Affricate): च, छ, ज, झ (Ch, Chh, J, Jh)
    (इ) संघर्षी (Fricative): स, ह (S, H)
    (ई) नासिक्य (Nasal): ङ, न, म (Ng, N, M)
    (उ) प्रकम्पित (Trill): र (R)
    (ऊ) पार्श्विक (Lateral): ल (L)
    (ए) अर्धस्वर (Semi-Vowel): य, व (Y, W)


    (ग) घोषत्वका आधारमा (Based on Voicing):
    (अ) अघोष (Voiceless):
    क, च, ट, त, प (K, Ch, T, T, P)
    ख, छ, ठ, थ, फ, स (Kh, Chh, Th, Th, Ph, S)

    (आ) सघोष (Voiced):
    ग, ज, ड, द, ब (G, J, D, D, B)
    घ, झ, ढ, ध, भ (Gh, Jh, Dh, Dh, Bh)
    ङ, न, म, य, र (Ng, N, M, Y, R)
    ल, व, ह (L, W, H)


    (घ) प्राणत्वको आधारमा (Based on Aspiration):
    (अ) अल्पप्राण (Unaspirated):
    क, च, ट, त, प (K, Ch, T, T, P)
    ग, ज, ड, द, ब (G, J, D, D, B)
    ङ, न, म, य, र (Ng, N, M, Y, R)
    ल, व (L, W)

    (आ) महाप्राण (Aspirated):
    ख, छ, ठ, थ, फ (Kh, Chh, Th, Th, Ph)
    घ, झ, ढ, ध, भ (Gh, Jh, Dh, Dh, Bh)
    स, ह (S, H)


    (अ) उच्चारण स्थानको आधारमा नेपाली व्यञ्जन (Nepali Consonants Based on Place of Articulation):

    उच्चारण गर्दा घाँटीदेखि ओठसम्म सास रोकिने स्थानको आधारमा व्यञ्जन वर्णको उच्चारण हुने स्थान पक्का गरिन्छ । (While pronouncing, the place where the breath stops from the throat to the lips determines the articulation of consonant letters.)
    उच्चारण स्थानका आधारमा वर्णको वर्गीकरण निम्न अनुसार देखाइएको छ । (Based on the place of articulation, the classification of letters is as follows.)


    १) अतिकण्ठ्य (Glottal):
    घाँटीको तल्लो भाग वा श्वासनलीको मुखबाट उच्चारण हुने वर्ण- ह । (The sound produced from the lower part of the throat or the opening of the windpipe is 'H'.)

    २) कण्ठ्य (Guttural):
    नाक र मुखको प्वाल छुट्टिने ठाउँदेखि बाहिरपट्टि तालुको गिलो भाग हुन्छ । (The soft part of the palate, where the nasal and oral cavities separate, is involved in articulation.)
    यस स्थानबाट उच्चारण हुने वर्ण - क, ख, ग, घ, ङ । (Sounds produced from this place are K, Kh, G, Gh, Ng.)

    ३) तालव्य (Palatal):
    कोमलतालुभन्दा बाहिरतर्फ साह्रो र चिल्लो भाग तालु हो । (The hard and smooth part outside the soft palate is the hard palate.)
    यो स्थानबाट उच्चारण हुने वर्ण - य । (The letter pronounced from this place is 'Y'.)

    ४) वर्त्स्य (दन्तमूलीय)
    (4) Vartsy (Dental)

    तालुको चिल्लो भाग सकिएपछि दाँतको फेदसम्मको भागबाट उच्चारण हुने वर्णहरू च, छ, ज, झ, ट, ठ, ड, ढ, न, र, ल, स दन्तमूलीय हुन् ।
    (The sounds pronounced from the area near the teeth, after the smooth part of the palate, include च, छ, ज, झ, ट, ठ, ड, ढ, न, र, ल, स, and these are dental.)

    ५) दन्य
    (5) Danya

    माथिल्ला दाँतका लहरमा जिब्रोले छोएर उच्चारण हुने वर्ण त, थ, द, ध दन्य हुन् ।
    (Sounds pronounced by the tongue touching the upper teeth, like त, थ, द, ध, are danya sounds.)

    ६) ‌ओष्ठ्य
    (6) Oshthya

    तल्लो ओठ र माथिल्लो ओठको सक्रियताबाट उच्चारण हुने वर्ण प, फ, ब, भ, म, व ओष्ठ्य हुन् ।
    (Sounds pronounced by the active involvement of the lower and upper lips, such as प, फ, ब, भ, म, व, are oshthya sounds.)

    (आ) उच्चारण प्रयत्नका आधारमा नेपाली व्यञ्जन
    (A) Nepali Consonants Based on Articulation Efforts

    वर्ण उच्चारण गर्दा उच्चारण हुने स्थान र त्यसलाई छुने अवयव (करण)का कारणले श्वासमा प्रभाव पर्छ। जिब्रो, ओठ आदि गतिशील अङ्गले छोएर श्वासमा प्रभाव हुनु उच्चारण प्रयत्न हो । उच्चारण प्रयत्नका आधारमा वर्णको वर्गीकरण निम्न अनुसार देखाइएको छ :
    (When pronouncing sounds, the location of articulation and the organs involved (articulators) impact the airflow. Articulation efforts occur when dynamic parts like the tongue or lips touch and affect the airflow. Based on these efforts, the classification of sounds is as follows:)

    १) स्पर्शी
    (1) Sparshi (Contact sounds)

    उच्चारण हुने स्थान र त्यसलाई छुने अङ्ग वा करण ट्याप्प जोडिएर सास पूरै रोकिएर उच्चारण हुने वर्ण स्पर्शी हुन् । क ख ग घ ट ठ ड ढ त थ द ध प फ ब भ
    (Sounds where airflow is completely blocked by the tongue or other organs at the articulation point, causing a full stop in the breath, are called sparshi sounds. Examples include क, ख, ग, घ, ट, ठ, ड, ढ, त, थ, द, ध, प, फ, ब, भ.)

    २) सङ्घर्षी
    (2) Sangharsi (Friction sounds)

    उच्चारण अवयव (उच्चारण हुने स्थान र त्यसलाई छुने अङ्ग) हल्कासँग टाँसिएर सुसाउँदै सास बाहिर निस्कने वर्ण सङ्घर्षी हुन् । स ह
    (Sounds that are produced by a slight touch of the articulators and allow air to flow smoothly out, creating friction, are called sangharsi sounds. Examples include स and ह.)

    ३) स्पर्ष-सङ्घर्षी
    (3) Sparsh-Sangharsi (Contact-friction sounds)

    पहिले स्पर्श विधिमा जस्तै ट्याप्पै जोडिने र पछि सङ्घर्षीमा जस्तै हल्का टाँसिएर उच्चारण हुने वर्ण स्पर्ष-सङ्घर्षी हुन् । च छ ज झ
    (Sounds that first involve a complete touch (contact) and then transition into a slight touch allowing airflow (friction), are sparsh-sangharsi sounds. Examples include च, छ, ज, झ.)

    ४) नासिक्य
    (4) Nasikya (Nasal sounds)

    यस्ता वर्णको उच्चारणमा नाकबाट सास जान्छ । ङ न म
    (Sounds produced by directing the airflow through the nose are nasikya sounds. Examples include ङ, न, म.)

    ५) कम्पित
    (5) Kampit (Vibrant sounds)

    सासको जोडले जिब्रो थर्किएर उच्चारण हुन्छ । र
    (Sounds produced by the vibration of the tongue due to airflow are kampit sounds. Example: र.)

    ६) पार्श्विक
    (6) Parshvik (Lateral sounds)

    जिब्रोको उच्चारण स्थानमा छुने तर छेउबाट सास गएर उच्चारण हुन्छ । ल
    (Sounds where the tongue touches the side of the articulation point, and the airflow goes through the sides, are parshvik sounds. Example: ल.)

    ७) अर्धस्वर
    (7) Ardh-swar (Semivowels)

    सास नरोकिने वा हलन्त उच्चारण नहुने वर्ण अर्धस्वर हुन् । य व
    (Sounds where the airflow does not stop, or they are not accompanied by a full stop, are called semivowels. Examples include य and व.)

     

    (आ) घोषत्वको आधारमा नेपाली व्यञ्जन (स्वरतन्त्रीको अवस्था)
    (A) Based on Voicing, Nepali Consonants (Vowel-dependent States)

    श्वासनलीको मुखमा स्वरचिम्टी वा स्वरयन्त्री हुन्छ । यो मासुको दुई पत्रले बनेको र खुल्ने बन्द हुने स्वभावको हुन्छ । यसको आधारमा वर्णलाई दुई प्रकारले विभाजन गर्न सकिन्छ ।
    (At the mouth of the trachea, there is a vocal fold or vocal cords. These are made of two muscles and have an open-close nature. Based on this, the sounds can be divided into two types.)

    १) घोष (सघोष)
    (1) Ghosh (Voiced)

    स्वरचिम्टी हल्का जोडिएर हावाको जोडले घर्षण हुँदै उच्चारित हुन्छन् ।
    (These are sounds produced when the vocal cords lightly touch each other and friction is created by the flow of air.)

    ग ज ड द ब घ झ ढ ध भ
    (Examples: ग, ज, ड, द, ब, घ, झ, ढ, ध, भ)

    ङ न म य र ल व ह
    (Examples: ङ, न, म, य, र, ल, व, ह)

    २) अघोष
    (2) Aghosh (Voiceless)

    स्वरचिम्टी निकट रहन्छ । कम्पन वा घर्षण नभई उच्चारण हुन्छन् ।
    (These sounds are produced without any vibration or friction, with the vocal cords staying near each other.)

    क च ट त प ख छ ठ थ फ स
    (Examples: क, च, ट, त, प, ख, छ, ठ, थ, फ, स)

    (इ) प्राणत्वको आधारमा नेपाली व्यञ्जन (सासको मात्रा)
    (E) Based on Breath, Nepali Consonants (Air Quantity)

    वर्णहरूको उच्चारणमा फोक्सोबाट निस्कने सासको मात्रा कम र बढी हुनेगर्दछ । यस आधारमा महाप्राण र अल्पप्राण गरेर नेपाली वर्णलाई दुई भागमा विभाजन गरिएको पाइन्छ ।
    (The amount of air released from the lungs during articulation can vary. Based on this, Nepali consonants are divided into two categories: Mahapran (with more breath) and Alppran (with less breath).)

    १) अल्पप्राण
    (1) Alppran (Weak breath)

    उच्चारण गर्दा श्वासको शक्ति कम भएमा अल्पप्राण व्यञ्जनवर्ण हुन्छन् ।
    (These consonants are pronounced with a weaker airflow.)

    क च ट त प ग ज ड द ब
    (Examples: क, च, ट, त, प, ग, ज, ड, द, ब)

    ङ न म य र ल व
    (Examples: ङ, न, म, य, र, ल, व)

    २) महाप्राण
    (2) Mahapran (Strong breath)

    उच्चारण गर्दा श्वासको शक्ति बढी भएमा महाप्राण व्यञ्जनवर्ण हुन्छन् ।
    (These consonants are pronounced with stronger airflow.)

    ख छ ठ थ फ घ झ ढ ध भ
    (Examples: ख, छ, ठ, थ, फ, घ, झ, ढ, ध, भ)

    स ह
    (Examples: स, ह)

    अक्षर : अक्षर स्वनिमभन्दा ठूलो एकाइ हो । फोक्सोबाट आएको सासको एक झट्कामा उच्चरित हुने ध्वनिहरूको समूहलाई अक्षर भनिन्छ । अक्षर उच्चारणसँग सम्बन्धित कुरा हो । बोल्दा वा लेख्दा अक्षर सङ्ख्या फरक हुन्छ । जसरी उच्चारण गरिन्छ त्यसकै आधारमा अक्षरसङ्ख्या छुट्याउने गरिन्छ । अक्षरसङ्ख्या छुट्याउँदा स्वर वर्णलाई आधार मानिन्छ । स्तरीय उच्चारणमा जति स्वर वर्ण हुन्छन् त्यति नै अक्षर हुन्छन् ।
    (An "Akshar" is a unit larger than a sound. It refers to a group of sounds produced in one breath from the lungs. The number of akshars may vary depending on pronunciation, and the number of akshars is decided based on the vowel sounds.)

    अन्त्यका आधारमा अक्षर दुईप्रकारका हुन्छन् - मुक्ताक्षर र बद्धाक्षर ।
    (Akshars can be classified into two types based on the ending: free akshar and bound akshar.)

    अक्षरमा हुने वर्णहरूको सङ्ख्या र क्रमका आधारमा नेपाली भाषामा निम्न आठ प्रकारका अक्षरहरूको संरचना पाइन्छ :
    (Based on the number and order of sounds in an akshar, there are eight types of akshar structures in the Nepali language.)


    अक्षर संरचना र अक्षरसङ्ख्याका आधारमा नेपाली शब्दको पहिचान :
    (Identification of Nepali words based on the structure and number of akshars.)