वचन - Grammatical number

 

नाम, सर्वनाम, विशेषण, क्रियाको एक वा एकभन्दा बढी सङ्ख्याको बोध गराउने शब्दलाई वचन भनिन्छ ।
(Words that indicate the singular or plural form of nouns, pronouns, adjectives, or verbs are called "Number" or "Vachana.")

वचन दुई प्रकारको हुन्छन् :-
(There are two types of number:)

१. एक वचन (Singular):

(One word that indicates a single object or person is called Singular. It represents a single quantity.)
जस्तै :- Examples: किताब (book), खान्छ (eats), म (I), तिमी (you), रातो (red), केटो (boy)

२. बहुवचन (Plural):

(A word that indicates two or more objects or persons is called Plural. It represents more than one quantity.)
जस्तै :- Examples: हामी (we), राता (reds), उनीहरू (they), खान्छौ (you eat), हिँड्छन् (they walk), पाठकवर्ग (group of readers)

एकवचनलाई बहुवचनमा परिवर्तन गर्न सकिने तरिका : (Ways to convert Singular to Plural)

  1. शब्दमा 'हरू' थपेर बहुवचन बनाइन्छ ।
    (Add "हरू" to the word to make it plural.)
    जस्तै :- Example: कुर्सी = कुर्सीहरू (Chair = Chairs)

  2. पदको अन्त्यमा भएको 'उ', 'ओ' वर्णलाई 'आ' मा बदलेर बहुवचन बनाइन्छ ।
    (Change the final vowel 'उ' or 'ओ' to 'आ' to make it plural.)
    जस्तै :- Example: चरो = चरा (Bird = Birds)

  3. पदमा वृन्द, वर्ग, गण आदि जोडेर बहुवचन बनाइन्छ ।
    (Add words like "वृन्द" (group), "वर्ग" (class), "गण" (group) to make it plural.)
    जस्तै :- Example: छात्र = छात्रवर्ग (Student = Group of Students)

  4. विभिन्न प्रत्यय जोडेर पनि बहुबचन बनाइन्छ ।
    (Add various suffixes to make it plural.)
    जस्तै :- Example: लेखेछ = लेखेछन् (Wrote = They wrote)

  5. रुप फेरेर र 'हरू' थपेर पनि बहुवचन बनाउन सकिन्छ ।
    (By changing the form and adding "हरू," we can make a plural.)
    जस्तै :- Example: त्यो = तिनीहरू (That = Those)