काल - Grammatical tense

 

 

 

काल शब्दले सामान्यतया समयलाई वुझाउँछ । क्रियाको कार्य व्यापार, घटना, अवस्था वा क्रियाको कामको समयलाई संकेत गर्ने व्याकरणिक कोटीनै काल हो । कालका वर्तमान, भूत र भविष्यत् गरी तीन चरण हुन्छन् । पक्ष कालको पनि काल समय हो । कालको सुक्ष्म अवस्था लाईनै पक्ष भनिन्छ । यसरी हेर्दा वर्तमान कालका तीन, भूतकालका पाँच र भविष्यत्कालका तीन वटा पक्ष रहेका छन् ।
(The word "Kal" generally refers to time. The grammatical category that indicates the time of an action, event, or state is called "Kal." Kal consists of three phases: Present, Past, and Future. The subtle form of Kal is called "Paksha" (Aspect). There are three aspects in the present tense, five in the past tense, and three in the future tense.)


पक्ष
(Paksha)
पक्ष भनेको क्रियाको कालको विशेष अवस्था हो । पक्षलाई विशेष काल पनि भनिन्छ । क्रियाको काल विभिन्न सन्दर्भमा प्रयुक्त हुन्छ र यस्तै अवस्थागत भिन्नता जनाउने प्रयोगहरू नै पक्ष हुन् । त्यसैले निश्चित कालको सीमाभित्र हुने क्रियाको कार्यको प्रवृतिलाई पक्ष भनेर चिनाउन सकिन्छ । विशेष गरेर कृदन्तीय क्रियासँग कालिक क्रियापदको संयोजन गरेर पक्षको रुप निर्माण गर्न सकिन्छ । जस्तै :- खान्छ, खाँदै छ, खाएको छ, खाएछ आदि ।
(Paksha refers to a specific form of the verb tense. It is also called "Special Time" because it conveys the aspect of the verb in different contexts. Therefore, aspects are used to indicate the nature of actions within a specific tense. Aspects can be formed by combining verbs with their tenses, such as "eats," "eating," "has eaten," or "ate.")


१) वर्तमान काल :

Present Tense

अहिलेको समयमा कुनै पनि काम भइरहेको जनाउने क्रियाको काल नै वर्तमान काल हो । वर्तमान कालका पक्षहरु :
(The verb tense that indicates an action happening in the present time is called the Present Tense. The aspects of Present Tense are:)

  • (क) सामान्य वर्तमान काल :
    (Simplified Present Tense)
    चलिरहेको समयमा कुनै काम सामान्य तवरले हुन्छ भन्ने बोध गराउने क्रियाको पक्ष सामान्य वर्तमान हो । जसमा (धातु + छु, छौं, छस्, छन् , छेस्, छ्यौ, नुहुन्छ , छ, छे, छिन्) र यिनका अकरण रुपहरु पर्दछन् ।
    (The aspect in which an action is happening in the present time in a general sense is the Simple Present Tense. It includes forms like (verb + छु, छौं, छस्, छन्, etc.).)

Example:

  • शंकरले पढाइलाई ठूलो कुरा ठान्छ । (Shankar considers education important.)

  • विपिनले सरले भनेको सवै कुरा मान्छ । (Vippin obeys all the instructions given by the teacher.)

  • (ख) अपूर्ण वर्तमान काल :
    (Incomplete Present Tense)
    चलिरहेको समयमा कुनै काम हुँदै छ । समाप्त भएको छैन भन्ने बोध गराउने क्रियाको पक्ष अपूर्ण वर्तमान हो जसमा, (धातु + तैं, दैं सामान्य वर्तमान कालका रुपायक प्रत्ययहरु छ, छौं )
    (The aspect that indicates an action is in progress but has not yet finished is called the Incomplete Present Tense.)

Example:

  • सीताले घरबाट ल्याएको खाजा खादैंछे । (Sita is eating the snack she brought from home.)

  • रीताले फोहोर डस्विनमा हाल्न जादैंछे । (Rita is going to throw the trash into the dustbin.)

  • (ग) पूर्ण वर्तमान काल :
    (Complete Present Tense)
    चलिरहेको समयमा कुनै काम पुरा भएको तर त्यसको असर बाँकी छ भन्ने अवस्थाको बोध गराउने क्रियाको पक्ष पूर्ण वर्तमान हो । ( धातु + एको, एकी, एका + सामान्य वर्तमान कालका रुपायक प्रत्ययहरु )
    (The aspect that indicates an action has been completed but its effect is still ongoing is the Complete Present Tense.)

Example:

  • रामले आज नयाँ साथी भेटेको छ । (Ram has met a new friend today.)
  • श्यामले साथीको नाम लेखेको छ । (Shyam has written his friend's name.)

२) भूतकाल :

Past Tense

वितेको समय जनाउने क्रियाको समयलाई भूतकाल भनिन्छ ।
(The verb tense that indicates an action in the past is called the Past Tense.)

  • (क) सामान्य भूतकाल :
    (Simple Past Tense)
    विगतमा कुनै पनि काम सामान्य रुपमा घटेको थियो भन्ने बोध गराउने क्रियाको पक्ष सामान्य भूत हो । ( धातु + एँ, इनँ, यो, एनौं, इस, इनस, यौ, एनौ, इनौ, इन, इनन्, ए, एनन )
    (The aspect that indicates an action that happened in the past in a general manner is called the Simple Past Tense.)

Example:

  • दीपकले सुरिलो भाकामा गीत गायो । (Deepak sang a song in a melodious voice.)

  • रमेशले मादल बजाएर स्यावासी पायो । (Ramesh played the madal and received praise.)

  • (ख) अपूर्ण भूतकाल :
    (Incomplete Past Tense)
    विगतमा कुनै काम सुरु भएर सम्पन्न हुँदै थियो भन्ने बोध गराउने क्रियाको पक्ष अपूर्ण भूत हो । (धातु+तै, दै) जोडेर थियो, थिए, थिइस, थिएँ, थियौ जस्ता सहायक क्रिया प्रयोग गरी निर्माण गरिन्छ ।
    (The aspect indicating an action that was happening in the past but was not yet completed is the Incomplete Past Tense.)

Example:

  • कमलले झोलामा सबै किताब कापी राख्दै थियो । (Kamal was putting all the books and copies in his bag.)

  • मिलनले आफूले बनाएको चित्र भित्तामा टाँस्दै थियो । (Milan was sticking the picture he made on the wall.)

  • (ग) पूर्ण भूतकाल :
    (Complete Past Tense)
    विगतमा कुनै काम सम्पन्न भएको थियो भन्ने बोध गराउने क्रियाको पक्ष पूर्णभूत हो । ( धातु + एको, एका, एकी + थियो, थिए, थियौ, थिएँ )
    (The aspect that indicates a completed action in the past is the Complete Past Tense.)

Example:

  • कामनाले कक्षा कोठामा ध्यान दिएर सुनेकी थिई । (Kamna had listened attentively in class.)
  • भावनाले मुख्य मुख्य कुरा कापीमा टिपेकी थिई । (Bhavna had noted the main points in the notebook.)

३) भविष्यत् काल :

Future Tense

पछि आउने समयमा हुन सक्ने कार्यको बोध गराउने क्रियाको समयलाई भविष्यत् काल भनिन्छ । भविष्यत् कालका पक्षहरू :
(The verb tense that indicates actions that will happen in the future is called the Future Tense.)

  • (क) सामान्य भविष्यत् काल :
    (Simple Future Tense)
    पछि आउने समयमा कुनै कार्य हुनेछ भन्ने बोध गराउने क्रियाको पक्ष सामान्य भविष्यत् हो । ( धातु+नेछु, नेछौं, नेछस्, नेछेस्, नेछौ, नेछ्यौ, नुहुनेछ, नेछ, नेछे, नेछिन् र यिनका अकरण रुपहरु )
    (The aspect that indicates that an action will happen in the future is the Simple Future Tense.)

Example:

  • सफलले राम्रो कविता लेख्नेछ । (Saphal will write a good poem.)

  • विकलले गृहकार्य सबै मेट्नेछ । (Vikal will finish all the homework.)

  • (ख) अपूर्ण भविष्यत् काल :
    (Incomplete Future Tense)
    पछि आउने समयमा कुनै काम भइरहने छ भन्ने अवस्थाको बोध गराउने क्रियाको पक्ष अपूर्ण भविष्यत् हो । ( धातु+तै, दै, जोडेर हुनेछु, हुनेछौं, हुनेछस्, हुनेछेस्, हुनेछौ, हुनुहुनेछ जस्ता सहायक क्रिया प्रयोग )
    (The aspect that indicates an ongoing action in the future is the Incomplete Future Tense.)

Example:

  • विद्यार्थी घर पुगी खाजा खाइ खेल्दै हुनेछन् । (The students will go home, eat snacks, and play.)

  • गुरु गुरुआमाले दिएको गृहकार्य लेख्दै हुनेछन् । (The students will be writing the homework given by the teacher.)

  • (ग) पूर्ण भविष्यत् काल :
    (Complete Future Tense)
    पछि आउने समयमा कुनै काम भएको हुनेछ भन्ने अवस्थाको बोध गराउने क्रियाको पक्ष पूर्ण भविष्यत् हो । ( धातु+एको, एकी, एका जोडेर हुनेछ, हुनेछौं, हुनेछस्, हुनेछेस्, हुनुहुनेछ, हुनेछु......जस्ता सहायक क्रिया थपी क्रियापद निर्माण हुन्छ ।
    (The aspect that indicates an action that will have been completed in the future is the Complete Future Tense.)

Example:

  • उत्तमले प्रश्नको उत्तर सोचेको हुनेछ । (Uttam will have thought of the answer to the question.)
  • पवनले पाठभित्रै उत्तर खोजेको हुनेछ । (Pawan will have found the answer in the lesson.)