भाषा वर्ण अक्षर - Bhasha ra Byakaran

कुराकानीको माध्यम भाषा हो । मानव मानवबीच भावना वा विचार सम्प्रेषण गर्ने माध्यम भाषा हो । यो संसारमा ६ हजारभन्दा बढी भाषाको अस्तित्व रहेको बताइन्छ।(Conversation is a medium of language. Language is the medium through which humans communicate emotions or thoughts with each other. It is said that there are more than 6,000 languages in the world. ) विचार विनिमय गर्ने माध्यम भाषा हो । भाषाको प्रयोगले मानिसले आफ्नो ज्ञान र अनुभव बाँड्न र ग्रहण गर्न पाएका छन् । मानव सभ्याताको विकासको प्रमुख कारण नै भाषा हो । भाषाको विकास हुन लामो समय लागेको छ। भाषा एकछिनको प्रयासमा विकास हुने कुरा होइन। निरन्तरको सामाजिक समझौतापछि भाषाको विकास भएको छ । प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरूको सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन । कुनै एउटा भाषालाई कयौँ लिपिहरूमा लेख्न सकिन्छ र दुई वा त्यो भन्दा बढी भाषाहरूलाई एउटै लिपिमा लेख्न सकिन्छ। नेपाली भाषा नेपालभित्र त साझा सम्पर्क भाषा हुँदै हो र यो बाहेक नेपाल मूल भएका र नेपालसँग कुनै न कुनै समयमा कुनै न कुनै प्रकारको सम्बन्ध कायम भएका विश्वमा छरिएर रहेका विभिन्न जातिको साझा सम्पर्क भाषाको रूपमा नेपाली भाषाले काम गरेको छ। नेपाली भाषा यी सबैका लागि पहिचान र गौरवको विषय हो। भाषालाई प्रयोगका आधारमा कथ्य र लेख्य गरी दुई भागमा विभाजन गर्न सकिन्छ । बोलचालमा प्रयोग हुने भाषालाई कथ्य भाषा भनिन्छ । लेखपढमा प्रयोग गरिने भाषालाई लेख्य भाषा भनिन्छ ।
(Language is the medium for exchanging ideas. Through the use of language, humans have been able to share and acquire knowledge and experience. The primary reason for the development of human civilization is language. The development of language has taken a long time. Language does not develop with a momentary effort. Language has developed after continuous social agreements. Most of the time, scripts are used to express language in written form. Language and script are two different mediums for expressing emotions. A single language can be written in many scripts, and two or more languages can be written in the same script. The Nepali language is the common contact language within Nepal, and apart from this, it has served as the common contact language for various communities of Nepali origin who have been scattered around the world and have had some kind of relationship with Nepal at some point in time. Nepali language is a matter of identity and pride for all of them. Based on usage, language can be divided into two parts: spoken and written. The language used in conversation is called the spoken language. The language used in writing and reading is called the written language.)
नेपाली वर्णहरू :- वर्ण भनेको भाषाको सबैभन्दा सानो टुक्रा हो । वर्ण भनेको भाषाका उच्चारित ध्वनिहरूको समूह हुन् । वर्णविज्ञान अन्तर्गत भाषाका वर्णहरूको अध्यय गरिन्छ। नेपाली भाषामा निम्न वर्णको प्रयोग भएको पाइन्छ ।
(Nepali Letters: A letter is the smallest unit of language. A letter is a group of spoken sounds in a language. Phonology studies the letters of a language. The following letters are used in the Nepali language.)

वर्ण (Letters)
विभिन्न व्याकरणमा वर्णलाई आ-आफ्नै प्रकारले परिभाषित गरिएको पाइन्छ। (Different grammars define letters in their own way.)
चन्द्रिका
व्याकरणअनुसार “बोल्दा खेरी आफ्नो मुखबाट जुन ध्वनि (आवाज) निस्कन्छ
त्यसलाई वर्ण भन्दछन्।” (According to Chandrika Grammar, the sounds that
come out of the mouth while speaking are called letters.)
वृहद्
व्याकरणअनुसार “जुन वर्णात्मक ध्वनिको टुक्रा हुन सक्तैन त्यस्तो सग्लो
ध्वनिलाई र त्यो ध्वनिलाई बुझाउने लेखिने अ, इ, ऊ, क, ख आदि चिह्नलाई वर्ण
भन्दछन्।” (According to the Brihad Grammar, a sound that cannot be
broken down further is called a letter, and the written symbols that
represent those sounds, such as अ, इ, ऊ, क, ख, are also considered
letters.)
उच्च
माध्यमिक नेपाली व्याकरणअनुसार “अर्थमा भिन्नता ल्याउने सबैभन्दा सानो
एकाइ वर्ण हो।” (According to higher secondary Nepali grammar, the
smallest unit that differentiates meaning is a letter.)
वर्ण भनेको भाषाको लघुतम एकाइ हो। (A letter is the smallest unit of a language.)
यो अविभाज्य हुन्छ। (It is indivisible.)
मानवीय
उच्चारण अवयवबाट उच्चरित हुने भाषाको सबैभन्दा सानो अर्थभेदक भाषिक
एकाइलाई वर्ण भनिन्छ। (The smallest phonetic unit that carries meaning in
a language and is pronounced using human vocal organs is called a
letter.)
नेपाली भाषामा वर्णलाई दुई भागमा विभाजन गरिएको छ। (Letters in the Nepali language are divided into two categories.)
अंग्रेजीमा
Vowel र Consonant भनेजस्तै नेपालीमा स्वर तथा व्यञ्जन वर्ण भनिन्छ। (Just
like vowels and consonants in English, Nepali letters are classified
into vowels and consonants.)
स्वर वर्ण भनेको अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः हुन्। (Vowel letters include अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः.)
व्यञ्जन वर्ण भनेको क देखि ज्ञ सम्मको वर्णलाई भनिन्छ। (Consonant letters range from क to ज्ञ.)
नेपाली स्वरवर्ण (Nepali Vowel Letters)
अन्य
वर्णको सहायता नलिई आफैँ उच्चारण हुनसक्ने ध्वनि स्वर ध्वनि हुन्। (Vowel
sounds are those that can be pronounced without the help of other
letters.)
श्वासप्रवाहमा
कुनै बाधा नभई उच्चारण गर्न सकिने ध्वनि स्वर ध्वनि हुन्। (Vowel sounds
are pronounced without any obstruction in the airflow.)
नेपालीमा
लेख्य परम्परामा निम्न तेह्र प्रकारका स्वरवर्ण छन् - अ, आ, इ, ई, उ, ऊ,
ऋ, ए, ऐ, ओ, औ, अं, अः। (In the Nepali written tradition, there are 13
types of vowel letters: अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः.)
उच्चारणका
हिसाबले नेपाली स्वरवर्ण जम्मा ६ प्रकारका मात्रै छन् – अ, आ, इ, उ, ए,
ओ। (Based on pronunciation, Nepali vowel letters are classified into
only six types: अ, आ, इ, उ, ए, ओ.)
अतिरिक्त
लेख्य चिन्ह ई, ऊ, ऋ, ऐ, औ, अं, अः लेख्य परम्परामा मात्रै प्रयोग
हुन्छन्। (Additional letters ई, ऊ, ऋ, ऐ, औ, अं, अः are used only in the
written tradition.)
नेपाली स्वर वर्णको वर्गीकरण (Classification of Nepali Vowel Letters)
नेपाली स्वर वर्णलाई उच्चारण गर्दा हुने उच्चारण अवयवको भूमिका अनुसार निम्नलिखित तरिकाले वर्गीकरण गरिएको पाइन्छ। (Nepali vowel letters are classified based on the role of articulation organs during pronunciation.)
मांसपेशीको आधारमा (Based on muscle movement):
दृढ स्वर (Strong vowels): इ, आ, उ (i, ā, u)
शिथिल स्वर (Weak vowels): ए, अ, ओ (e, a, o)जिब्रोको सक्रिय भाग (Based on the active part of the tongue):
अग्र (Front): इ, ए (i, e)
केन्द्रीय (Central): आ (ā)
पश्च (Back): उ, ओ, अ (u, o, a)जिब्रोको उचाइ (Based on tongue height):
उच्च (High): उ, इ (u, i)
उच्च-मध्य (High-mid): ए, ओ (e, o)
निम्न-मध्य (Low-mid): अ (a)
निम्न (Low): आ (ā)ओठको अवस्था (Based on lip position):
गोलित (Rounded): उ, ओ (u, o)
अगोलित (Unrounded): अ, आ, इ, ए (a, ā, i, e)नेपाली व्यञ्जन वर्ण (Consonant Letters):
व्यञ्जन वर्ण भनेको फोक्सोबाट निस्किने श्वासमा वाधा उच्चारण हुने वर्णलाई व्यञ्जन वर्ण भनिन्छ । (Consonant letters are the letters that are pronounced with an obstruction in the breath coming out of the lungs.)
यी स्वर वर्णको मद्धतले मात्र स्पष्ट रुपले उच्चारण गर्न सकिने हुन्छन् । (These consonant letters can only be clearly pronounced with the help of vowel sounds.)
लेख्य नेपाली व्यञ्जन वर्ण ३६ ओटा छन् भने कथ्य नेपाली व्यञ्जन वर्ण २९ ओटा छन् । (There are 36 written Nepali consonants, whereas there are 29 spoken Nepali consonants.)
लेख्य तथा कथ्य नेपाली व्यञ्जन वर्णहरू निम्न अनुसार छन् । (The written and spoken Nepali consonants are as follows.)लेख्य वर्ण (Written Consonants):
क्, ख्, ग्, घ्, ङ्
च्, छ्, ज्, झ्, ञ्
ट्, ठ्, ड्, ढ्, ण्
त्, थ्, द्, ध्, न्
प्, फ्, ब्, भ्, म्
य्, र्, ल्, व्, श्, ष्, स्, ह्
क्ष्, त्र्, ज्ञ्यसरी व्यञ्जनको जम्मा सङ्ख्या छत्तीस देखिए पनि क्ष, त्र र ज्ञ संयुक्त व्यञ्जन हुन् । (Thus, even though the total number of consonants appears to be 36, 'क्ष', 'त्र', and 'ज्ञ' are compound consonants.)
श, ष र स को उच्चारण ‘स’ नै हुन्छ । (The pronunciation of 'श', 'ष', and 'स' is the same as 'स'.)
ञ र ण को पनि अन्य वर्णबाट सम्भव हुन्छ। (The pronunciation of 'ञ' and 'ण' can also be achieved using other letters.)
यसरी उच्चार्य नेपाली व्यञ्जन वर्ण निम्न मात्रै छन् – (Thus, the spoken Nepali consonants are as follows.)कथ्य वर्ण (Spoken Consonants):
क ख ग घ ङ
च छ ज झ
ट ठ ड ढ
त थ द ध न
प फ ब भ म
य र ल व
स हव्यञ्जन वर्णको वर्गीकरण (Classification of Consonants):
(क) उच्चारण स्थानको आधारमा (Based on the Place of Articulation):
(अ) कण्ठ्य (Guttural): क, ख, ग, घ, ङ (K, Kh, G, Gh, Ng)
(आ) ओष्ठ्य (Labial): प, फ, ब, भ, म, व (P, Ph, B, Bh, M, W)
(इ) दन्त्य (Dental): त, थ, द, ध (T, Th, D, Dh)
(ई) वत्स्य (Retroflex & Palatal): च, छ, ज, झ, ट, ठ, ड, ढ, न, र, ल, स (Ch, Chh, J, Jh, T, Th, D, Dh, N, R, L, S)
(उ) तालव्य (Palatal): य (Y)
(ऊ) अतिकण्ठ्य (Glottal): ह (H)(ख) उच्चारण प्रयत्नको आधारमा (Based on the Manner of Articulation):
(अ) स्पर्शी (Plosive):
क, ट, त, प (K, T, T, P)
ख, ठ, थ, फ (Kh, Th, Th, Ph)
ग, ड, द, ब (G, D, D, B)
घ, ढ, ध, भ (Gh, Dh, Dh, Bh)(आ) स्पर्शसंघर्षी (Affricate): च, छ, ज, झ (Ch, Chh, J, Jh)
(इ) संघर्षी (Fricative): स, ह (S, H)
(ई) नासिक्य (Nasal): ङ, न, म (Ng, N, M)
(उ) प्रकम्पित (Trill): र (R)
(ऊ) पार्श्विक (Lateral): ल (L)
(ए) अर्धस्वर (Semi-Vowel): य, व (Y, W)(ग) घोषत्वका आधारमा (Based on Voicing):
(अ) अघोष (Voiceless):
क, च, ट, त, प (K, Ch, T, T, P)
ख, छ, ठ, थ, फ, स (Kh, Chh, Th, Th, Ph, S)(आ) सघोष (Voiced):
ग, ज, ड, द, ब (G, J, D, D, B)
घ, झ, ढ, ध, भ (Gh, Jh, Dh, Dh, Bh)
ङ, न, म, य, र (Ng, N, M, Y, R)
ल, व, ह (L, W, H)(घ) प्राणत्वको आधारमा (Based on Aspiration):
(अ) अल्पप्राण (Unaspirated):
क, च, ट, त, प (K, Ch, T, T, P)
ग, ज, ड, द, ब (G, J, D, D, B)
ङ, न, म, य, र (Ng, N, M, Y, R)
ल, व (L, W)(आ) महाप्राण (Aspirated):
ख, छ, ठ, थ, फ (Kh, Chh, Th, Th, Ph)
घ, झ, ढ, ध, भ (Gh, Jh, Dh, Dh, Bh)
स, ह (S, H)(अ) उच्चारण स्थानको आधारमा नेपाली व्यञ्जन (Nepali Consonants Based on Place of Articulation):
उच्चारण गर्दा घाँटीदेखि ओठसम्म सास रोकिने स्थानको आधारमा व्यञ्जन वर्णको उच्चारण हुने स्थान पक्का गरिन्छ । (While pronouncing, the place where the breath stops from the throat to the lips determines the articulation of consonant letters.)
उच्चारण स्थानका आधारमा वर्णको वर्गीकरण निम्न अनुसार देखाइएको छ । (Based on the place of articulation, the classification of letters is as follows.)१) अतिकण्ठ्य (Glottal):
घाँटीको तल्लो भाग वा श्वासनलीको मुखबाट उच्चारण हुने वर्ण- ह । (The sound produced from the lower part of the throat or the opening of the windpipe is 'H'.)२) कण्ठ्य (Guttural):
नाक र मुखको प्वाल छुट्टिने ठाउँदेखि बाहिरपट्टि तालुको गिलो भाग हुन्छ । (The soft part of the palate, where the nasal and oral cavities separate, is involved in articulation.)
यस स्थानबाट उच्चारण हुने वर्ण - क, ख, ग, घ, ङ । (Sounds produced from this place are K, Kh, G, Gh, Ng.)३) तालव्य (Palatal):
कोमलतालुभन्दा बाहिरतर्फ साह्रो र चिल्लो भाग तालु हो । (The hard and smooth part outside the soft palate is the hard palate.)
यो स्थानबाट उच्चारण हुने वर्ण - य । (The letter pronounced from this place is 'Y'.)४) वर्त्स्य (दन्तमूलीय)
(4) Vartsy (Dental)तालुको चिल्लो भाग सकिएपछि दाँतको फेदसम्मको भागबाट उच्चारण हुने वर्णहरू च, छ, ज, झ, ट, ठ, ड, ढ, न, र, ल, स दन्तमूलीय हुन् ।
(The sounds pronounced from the area near the teeth, after the smooth part of the palate, include च, छ, ज, झ, ट, ठ, ड, ढ, न, र, ल, स, and these are dental.)५) दन्य
(5) Danyaमाथिल्ला दाँतका लहरमा जिब्रोले छोएर उच्चारण हुने वर्ण त, थ, द, ध दन्य हुन् ।
(Sounds pronounced by the tongue touching the upper teeth, like त, थ, द, ध, are danya sounds.)६) ओष्ठ्य
(6) Oshthyaतल्लो ओठ र माथिल्लो ओठको सक्रियताबाट उच्चारण हुने वर्ण प, फ, ब, भ, म, व ओष्ठ्य हुन् ।
(Sounds pronounced by the active involvement of the lower and upper lips, such as प, फ, ब, भ, म, व, are oshthya sounds.)(आ) उच्चारण प्रयत्नका आधारमा नेपाली व्यञ्जन
(A) Nepali Consonants Based on Articulation Effortsवर्ण उच्चारण गर्दा उच्चारण हुने स्थान र त्यसलाई छुने अवयव (करण)का कारणले श्वासमा प्रभाव पर्छ। जिब्रो, ओठ आदि गतिशील अङ्गले छोएर श्वासमा प्रभाव हुनु उच्चारण प्रयत्न हो । उच्चारण प्रयत्नका आधारमा वर्णको वर्गीकरण निम्न अनुसार देखाइएको छ :
(When pronouncing sounds, the location of articulation and the organs involved (articulators) impact the airflow. Articulation efforts occur when dynamic parts like the tongue or lips touch and affect the airflow. Based on these efforts, the classification of sounds is as follows:)१) स्पर्शी
(1) Sparshi (Contact sounds)उच्चारण हुने स्थान र त्यसलाई छुने अङ्ग वा करण ट्याप्प जोडिएर सास पूरै रोकिएर उच्चारण हुने वर्ण स्पर्शी हुन् । क ख ग घ ट ठ ड ढ त थ द ध प फ ब भ
(Sounds where airflow is completely blocked by the tongue or other organs at the articulation point, causing a full stop in the breath, are called sparshi sounds. Examples include क, ख, ग, घ, ट, ठ, ड, ढ, त, थ, द, ध, प, फ, ब, भ.)२) सङ्घर्षी
(2) Sangharsi (Friction sounds)उच्चारण अवयव (उच्चारण हुने स्थान र त्यसलाई छुने अङ्ग) हल्कासँग टाँसिएर सुसाउँदै सास बाहिर निस्कने वर्ण सङ्घर्षी हुन् । स ह
(Sounds that are produced by a slight touch of the articulators and allow air to flow smoothly out, creating friction, are called sangharsi sounds. Examples include स and ह.)३) स्पर्ष-सङ्घर्षी
(3) Sparsh-Sangharsi (Contact-friction sounds)पहिले स्पर्श विधिमा जस्तै ट्याप्पै जोडिने र पछि सङ्घर्षीमा जस्तै हल्का टाँसिएर उच्चारण हुने वर्ण स्पर्ष-सङ्घर्षी हुन् । च छ ज झ
(Sounds that first involve a complete touch (contact) and then transition into a slight touch allowing airflow (friction), are sparsh-sangharsi sounds. Examples include च, छ, ज, झ.)४) नासिक्य
(4) Nasikya (Nasal sounds)यस्ता वर्णको उच्चारणमा नाकबाट सास जान्छ । ङ न म
(Sounds produced by directing the airflow through the nose are nasikya sounds. Examples include ङ, न, म.)५) कम्पित
(5) Kampit (Vibrant sounds)सासको जोडले जिब्रो थर्किएर उच्चारण हुन्छ । र
(Sounds produced by the vibration of the tongue due to airflow are kampit sounds. Example: र.)६) पार्श्विक
(6) Parshvik (Lateral sounds)जिब्रोको उच्चारण स्थानमा छुने तर छेउबाट सास गएर उच्चारण हुन्छ । ल
(Sounds where the tongue touches the side of the articulation point, and the airflow goes through the sides, are parshvik sounds. Example: ल.)७) अर्धस्वर
(7) Ardh-swar (Semivowels)सास नरोकिने वा हलन्त उच्चारण नहुने वर्ण अर्धस्वर हुन् । य व
(Sounds where the airflow does not stop, or they are not accompanied by a full stop, are called semivowels. Examples include य and व.)(आ) घोषत्वको आधारमा नेपाली व्यञ्जन (स्वरतन्त्रीको अवस्था)
(A) Based on Voicing, Nepali Consonants (Vowel-dependent States)श्वासनलीको मुखमा स्वरचिम्टी वा स्वरयन्त्री हुन्छ । यो मासुको दुई पत्रले बनेको र खुल्ने बन्द हुने स्वभावको हुन्छ । यसको आधारमा वर्णलाई दुई प्रकारले विभाजन गर्न सकिन्छ ।
(At the mouth of the trachea, there is a vocal fold or vocal cords. These are made of two muscles and have an open-close nature. Based on this, the sounds can be divided into two types.)१) घोष (सघोष)
(1) Ghosh (Voiced)स्वरचिम्टी हल्का जोडिएर हावाको जोडले घर्षण हुँदै उच्चारित हुन्छन् ।
(These are sounds produced when the vocal cords lightly touch each other and friction is created by the flow of air.)ग ज ड द ब घ झ ढ ध भ
(Examples: ग, ज, ड, द, ब, घ, झ, ढ, ध, भ)ङ न म य र ल व ह
(Examples: ङ, न, म, य, र, ल, व, ह)२) अघोष
(2) Aghosh (Voiceless)स्वरचिम्टी निकट रहन्छ । कम्पन वा घर्षण नभई उच्चारण हुन्छन् ।
(These sounds are produced without any vibration or friction, with the vocal cords staying near each other.)क च ट त प ख छ ठ थ फ स
(Examples: क, च, ट, त, प, ख, छ, ठ, थ, फ, स)(इ) प्राणत्वको आधारमा नेपाली व्यञ्जन (सासको मात्रा)
(E) Based on Breath, Nepali Consonants (Air Quantity)वर्णहरूको उच्चारणमा फोक्सोबाट निस्कने सासको मात्रा कम र बढी हुनेगर्दछ । यस आधारमा महाप्राण र अल्पप्राण गरेर नेपाली वर्णलाई दुई भागमा विभाजन गरिएको पाइन्छ ।
(The amount of air released from the lungs during articulation can vary. Based on this, Nepali consonants are divided into two categories: Mahapran (with more breath) and Alppran (with less breath).)१) अल्पप्राण
(1) Alppran (Weak breath)उच्चारण गर्दा श्वासको शक्ति कम भएमा अल्पप्राण व्यञ्जनवर्ण हुन्छन् ।
(These consonants are pronounced with a weaker airflow.)क च ट त प ग ज ड द ब
(Examples: क, च, ट, त, प, ग, ज, ड, द, ब)ङ न म य र ल व
(Examples: ङ, न, म, य, र, ल, व)२) महाप्राण
(2) Mahapran (Strong breath)उच्चारण गर्दा श्वासको शक्ति बढी भएमा महाप्राण व्यञ्जनवर्ण हुन्छन् ।
(These consonants are pronounced with stronger airflow.)ख छ ठ थ फ घ झ ढ ध भ
(Examples: ख, छ, ठ, थ, फ, घ, झ, ढ, ध, भ)स ह
(Examples: स, ह)अक्षर : अक्षर स्वनिमभन्दा ठूलो एकाइ हो । फोक्सोबाट आएको सासको एक झट्कामा उच्चरित हुने ध्वनिहरूको समूहलाई अक्षर भनिन्छ । अक्षर उच्चारणसँग सम्बन्धित कुरा हो । बोल्दा वा लेख्दा अक्षर सङ्ख्या फरक हुन्छ । जसरी उच्चारण गरिन्छ त्यसकै आधारमा अक्षरसङ्ख्या छुट्याउने गरिन्छ । अक्षरसङ्ख्या छुट्याउँदा स्वर वर्णलाई आधार मानिन्छ । स्तरीय उच्चारणमा जति स्वर वर्ण हुन्छन् त्यति नै अक्षर हुन्छन् ।
(An "Akshar" is a unit larger than a sound. It refers to a group of sounds produced in one breath from the lungs. The number of akshars may vary depending on pronunciation, and the number of akshars is decided based on the vowel sounds.)अन्त्यका आधारमा अक्षर दुईप्रकारका हुन्छन् - मुक्ताक्षर र बद्धाक्षर ।
(Akshars can be classified into two types based on the ending: free akshar and bound akshar.)अक्षरमा हुने वर्णहरूको सङ्ख्या र क्रमका आधारमा नेपाली भाषामा निम्न आठ प्रकारका अक्षरहरूको संरचना पाइन्छ :
(Based on the number and order of sounds in an akshar, there are eight types of akshar structures in the Nepali language.)
अक्षर संरचना र अक्षरसङ्ख्याका आधारमा नेपाली शब्दको पहिचान :
(Identification of Nepali words based on the structure and number of akshars.)
विविध शब्दहरू - Miscellaneous words

क) अनुकरणात्मक शब्द (Onomatopoeic Words)
अनुकरणात्मक शब्द भनेको कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल गर्ने शब्द हो। यस्ता शब्दहरू ध्वनि वा दृश्यमा आधारित हुन्छन्। Onomatopoeic words are words that imitate the sound or behavior of an object or substance. These words can be based on sound or visual representation.
उदाहरणहरू (Examples):
- खुरुखुरु (khurukhuru) - लेख्नु/हिँड्नु/कुनै काम गर्नु (Writing/Walking/Doing something)
- खलखली (khalkhalee) - पसिना आउनु (Sweating)
- गजक्क (gajakka) - हुनु (Happening suddenly)
- घुटुक्क (ghutukka) - निल्नु (Swallowing)
- हरहर (harhara) - तिर्खा लाग्नु (Feeling extremely thirsty)
- घत्रक्क (ghatrakka) - खस्नु (Falling down)
- चिरबिर (chirabira) - चरा कराउनु (Birds chirping)
वाक्यमा प्रयोग (Usage in Sentences):
- थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् (They are shivering with fear).
- थचक्क = अर्चना खाटमा थचक्क बसी (Archana sat down abruptly on the bed).
- फटाफट = हरि फटाफट हिँड्दै छ (Hari is walking very quickly).
ख) पारिभाषिक शब्द (Technical/Specialized Words)
खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ। Technical words are specific terms used in particular fields, with precise meanings that can be understood through their definition.
उदाहरणहरू (Examples):
- वैधानिक (vaidhanik) - विधान वा नियमअनुसारको कुरा (According to law or regulations)
- निर्दलीय (nirdaleey) - कुनै राजनीतिक दलको व्यवस्था नगरिएको (Non-partisan)
- नागरिकता (nagarikta) - नागरिक हुनुको भाव वा अवस्था (Citizenship)
- परीक्षण (pareekshan) - चेक, जाँच गर्ने काम (Examination or testing)
- पत्रकार (patrakar) - लेख, रचना, समाचार आदिको सङ्कलन सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति (Journalist)
ग) प्राविधिक शब्द (Technical/Professional Words)
कुनै पनि किसिमको विज्ञान, प्रविधि तथा शिल्पकला आदिसँग सम्बन्धित रहेका शब्दहरू प्राविधिक शब्द हुन्। प्राविधिक शब्दहरू पनि पारिभाषिक किसिमका हुन्छन्। Technical words are related to science, technology, and various arts, specifically terms used in professional or technical fields.
उदाहरणहरू (Examples):
- रेडियो (radio) - तारको सम्बन्ध नभैई बिजुलीको सहायताबाट टाढाटाढाको खबर आदि प्रसारण गर्ने एक यन्त्र (A device that broadcasts news from far away using electricity)
- प्रसारण (prasaran) - व्यापक रूपमा फैलाउने वा प्रचारप्रसार गर्ने काम (Broadcasting or widespread dissemination)
- विषाणु (vishanu) - विषालु वा सङ्क्रामक रोग सार्ने सूक्ष्म जीव (Virus - microscopic organism causing infectious diseases)
- कीटाणु (kitanu) - रोग उत्पन्न गर्ने सूक्ष्मदर्शी सजीव वस्तु (Pathogen - microscopic living organism causing diseases)
- जीवाणु (jivanu) - अनेक प्रकारको रोग उत्पन्न गर्न सक्ने जीवनशक्तियुक्त सूक्ष्म जीव (Bacteria - microscopic living organisms capable of causing various diseases)
- शल्यक्रिया (shalyakriya) - चिरफारद्वारा शारीरिक उपचार गरि ठीक पार्ने काम (Surgical operation - medical treatment through surgical intervention)
वाक्यमा प्रयोग (Usage in Sentences):
- प्रश्नावली = सर्वेक्षण गर्न सबै प्रश्नावली तयार पारिएको छ (Survey questionnaire prepared)
- बहुमुखी = देवकोटा बहुमुखी प्रतिभा भएका व्यक्ति थिए (Devkota was a multi-talented person)
- परिपत्र = शिक्षा मन्त्रालयबाट कोरोना महामारीको समयमा विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई परिपत्र गरिएको छ (Circular issued by the Ministry of Education)
- मसौदा = संविधानको मसौदा तयार गर्न विभिन्न विद्वानको सहयोग लिइएको थियो (Draft of the constitution)
- समानान्तर = समानान्तर चतुर्भुज बनाउने प्रयासमा अभिषेकले तीन दिन बितायो (Parallel quadrilateral)
घ) श्रुतिसमभिन्नार्थक शब्द (Homophones)
सुन्दा एउटै जस्तो लाग्ने तर भिन्न अर्थ जनाउने शब्द श्रुतिसमभिन्नार्थक शब्द हुन्। Homophones are words that sound the same but have different meanings.
उदाहरणहरू (Examples):
- आँसु (aanshu) - अश्रु / आशु (ashhu) = छिटो (Tears / Quick)
- बाग (baag) - बगैँचा / बाघ (bagh) = हिंस्रक जन्तु (Garden / Tiger)
- बीस (bees) - अङ्क २० / विष (vish) = जहर (Number 20 / Poison)
- बा (ba) - पिता / वा (va) = अथवा (Father / Or)
- गर्व (garva) - अभिमान / गर्भ (garbha) = कोख (Pride / Womb)
ङ) पर्यायवाची शब्द (Synonyms)
कुनै शब्दको समान अर्थ दिने शब्दलाई पर्यायवाची शब्द भनिन्छ। Synonyms are words that have the same or similar meaning.
उदाहरणहरू (Examples):
- मान्छे = नर, मानिस (Human = Man, Person)
- स्कुल = विद्यालय, पाठशाला (School = Educational Institution)
- जल = पानी, सलिल (Water = Liquid, Aqua)
च) विपरीतार्थक शब्द (Antonyms)
उल्टो अर्थ दिने शब्दलाई विपरितार्थक शब्द भनिन्छ। Antonyms are words that have opposite meanings.
उदाहरणहरू (Examples):
- स्वर्ग (swarga) = नर्क (narak) (Heaven = Hell)
- उच्च (uccha) = नीच (neecha) (High = Low)
- चढ्नु (chadnu) = झर्नु (jharna) (Climb = Descend)
- चोर (chor) = साधु (sadhu) (Thief = Saint)
- जित्नु (jitnu) = हार्नु (harna) (Win = Lose)
छ) अनेकार्थी शब्द (Polysemous Words)
कुनै शब्दको एउटा मात्रै अर्थ नलागेर धेरै अर्थ लाग्ने शब्दलाई अनेकार्थी शब्द भनिन्छ। Polysemous words are words that have multiple meanings depending on the context.
उदाहरणहरू (Examples):
- ताप (taap) = दु:ख / तातो (Hot / Sorrow)
- दर (dar) = भाउ / तीजमा खाने दर (Rate / Specific food item)
- हार (haar) = पराजय / लहर / माला (Defeat / Wave / Garland)
- मास (maas) = महिना / दाल / मास्ने काम (Month / Lentils / Cooking)
ज) लघुतावाची शब्द (Diminutive Words)
कुनै बस्तुको सानो रूप बुझाउने शब्दलाई लघुतावाची शब्द भनिन्छ। Diminutive words are words that represent a smaller or more intimate version of something.
उदाहरणहरू (Examples):
- झोला (jhola) → झोली (jholi) (Bag → Small bag)
- डालो (daalo) → डाली (daali) (Basket → Small basket)
- पुस्तक (pustak) → पुस्तिका (pustika) (Book → Booklet)
- अचार (achaar) → पित्को (pitko) (Pickle → Small pickle)
- खुकुरी (khukuri) → कर्द (karda) (Knife → Small knife)
झ) उखान (Proverbs)
लोकजीवनमा प्रचलित कथन वा उक्तिलाई उखान भनिन्छ। उखानलाई लोकोक्ति, आहान, कहावत पनि भनिन्छ। Proverbs are traditional sayings or expressions that convey wisdom or advice from folk life.
उदाहरणहरू (Examples):
- अड्को पड्को तेलको धूप (Adko padko telo ko dhup) - A saying about uncertainty
- अरूको लाख आमाको काख (Aruko laakh aamako kaakh) - A saying about maternal love
- आफू नमरी स्वर्ग देखिन्न (Aafai namaree swarga dekhinna) - One cannot see heaven without experiencing it
वाक्यमा प्रयोग (Usage in Sentences):
- एक हातले ताली बज्दैन = परिवार राम्रोसँग चलाउन श्रीमान र श्रीमतीले एकअर्कालाई साथ दिनुपर्छ (It takes two to tango - Cooperation is key in a family)
ञ) टुक्का (Idiomatic Expressions)
लाक्षणिक अर्थ लाग्ने रसिलो झरिलो वाक्यांश टुक्का हो। अभिव्यञ्जनपूर्ण टुक्रे वाक्यलाई टुक्का भनिन्छ। Idiomatic expressions are figurative phrases with deeper, often humorous or metaphorical meanings.
उदाहरणहरू (Examples):
- आलु खानु = मर्नु / असफल हुनु (To eat potato = To fail / Die)
- ज्यान दिनु = मरिहत्ते गर्नु (To give life = To sacrifice)
- डाडुमा पानी तताएर मर्नु = हुतीहारा हुनु (Boiling water in a stone = To be in extreme difficulty)
- जहाज डुब्नु = बर्बाद हुनु (Ship sinking = To be ruined)
- थाङ्नामा सुताउनु = धोका दिनु / झुक्याउनु (To make sleep on a plank = To deceive)
वाक्यमा प्रयोग (Usage in Sentences):
- पाउ मोल्नु = कार्यकर्ताहरू आफ्नो काम सफल पार्न नेताको पाउ मोल्न तयार हुन्छन् (To polish someone's feet = To curry favor)
- धोती न टोपी हुनु = चोरबाटो प्रयोग गरेर अमेरिका जान लाखौँ खर्च गरेको हरि अहिले धोती न टोपी भएको छ (To be neither dhoti nor cap = To be completely lost)
- दिन फर्कनु = दु:खमा बाल्यकाल बिताएको हरिको अहिले दिन फर्किएको छ (Day turning = Fortunes changing)
व्याकरण - Grammar

व्याकरण
शब्द वि + आ + कृ + अन अर्थात कृ धातुमा आ र वि उपसर्ग र अन प्रत्यय लागेर
बनेको हो । (Grammar is formed by the combination of the prefixes "वि"
(Vi) and "आ" (A), the root "कृ" (Kri), and the suffix "अन" (An).)
व्याकरणको शाब्दिक अर्थ भाषिक नियम हो । (The literal meaning of grammar is the rules of language.)
भाषालाई
शुद्ध - शुद्ध किसिमले बोल्न र लेख्न सिकाउने शास्त्रलाई व्याकरण भनिन्छ ।
(Grammar is the science that teaches how to speak and write a language
correctly.)
व्याकरण
त्यो विद्या हो जसद्वारा कुनै भाषा शुद्ध बोल्न, शुद्ध पढ्न र शुद्ध लेख्न
सकिन्छ। (Grammar is the knowledge by which one can speak, read, and
write any language correctly.)
कुनै
पनि विकसित भाषा लेख्न, पढ्न र बोल्नलाई निश्चित नियम हुन्छन् भाषाको
शुद्धता अनि सुन्दरतालाई बनाई राख्नका लागि यी नियमहरूको पालन गर्नु आवश्यक
हुन्छ । (Any developed language has specific rules for speaking,
reading, and writing, and following these rules is essential to
maintaining the purity and beauty of the language.)
नेपाली व्याकरणलाई पाँच भागमा बाँडिएको छ : (Nepali grammar is divided into five parts:)
१. वर्णविभाग (1. Varnavibhag – Alphabet Section)
२. शब्दविभाग (2. Shabdavibhag – Word Section)
३. वाक्यविभाग (3. Vakvyavibhag – Sentence Section)
४. चिह्नविभाग (4. Chihnavibhag – Symbol Section)
५. छन्दविभाग (5. Chhandvibhag – Meter Section)
१. वर्णविभाग = यस विभागमा अक्षरहरूको स्वरुप, किसिम, उच्चारण र मात्राहरूको वर्णन हुन्छ । (1. Varnavibhag (Alphabet Section): This section deals with the forms, types, pronunciation, and quantities of letters.)
२. शब्दविभाग = यस विभागमा शब्दको रुप र भेदहरूको वर्णन हुन्छ । (2. Shabdavibhag (Word Section): This section describes the forms and types of words.)
३. वाक्यविभाग = यस विभागमा वाक्य बनाउने तरिका, वाक्यको रुप र भेदहरूको वर्णन हुन्छ । (3. Vakvyavibhag (Sentence Section): This section deals with the methods of constructing sentences, as well as the forms and types of sentences.)
४. चिह्नविभाग = यस विभागमा विभिन्न किसिमका मनका भाव जाहेर गर्ने सङ्केत, चिह्न र विराम चिह्नहरूको वर्णन हुन्छ । (4. Chihnavibhag (Symbol Section): This section describes the various signs, symbols, and punctuation marks used to express feelings.)
५. छन्दविभाग = यस विभागमा मात्रा, छन्द, पद्य, रचना आदिको वर्णन हुन्छ । (5. Chhandvibhag (Meter Section): This section describes the meter, rhythm, and structure of poetry and verses.)
करण अकरण - Karan Akaran

सकारात्मक अर्थ बुझाउने क्रियापद करण र नकारात्मक अर्थ बुझाउने क्रियापद अकरण हुन् ।
(Verbs that indicate a positive meaning are called Karan, and verbs that indicate a negative meaning are called Akaran.)
करण र अकरण वाक्यमा प्रयोग भएको क्रियापदको अर्थसँग सम्बन्धित विषय हुन् ।
(Karan and Akaran are related to the meaning of the verb used in the sentence.)
करण र अकरणलाई वाक्यमा उल्टो अर्थ दिने भनेर बुझ्नु हुँदैन।
(Karan and Akaran should not be understood as opposite meanings in a sentence.)
क्रियापदमा सुरुमा, बीचमा र अन्त्यमा ‘न’ थपेर अकरण बनाइन्छ।
(Akaran is formed by adding 'न' (na) at the beginning, middle, or end of the verb.)
वाक्यको उल्टो अर्थ आउने अर्थ लेख्दा अकरण हुँदैन (‘राम घर जान्छ' को अकरण ‘राम वन जान्छ' होइन, ‘राम घर जाँदैन' हो।)
(When
writing the opposite meaning of a sentence, Akaran is not formed simply
by changing the subject (e.g., “राम घर जान्छ” (Ram goes home) becomes
“राम वन जान्छ” (Ram goes to the forest), but the Akaran is “राम घर
जाँदैन” (Ram does not go home), not the previous one).)
यसरी अकरण बनाउँदा क्रियापदमा ध्यान दिनुपर्छ ।
(One must focus on the verb while forming Akaran.)
करणबाट अकरण बनाउने नियम :
(Rules for transforming Karan to Akaran:)
क्रियाको अर्थलाई करणबाट अकरण बनाउन करण क्रियामा 'न' राख्नुपर्छ 'न' करण क्रियाको अगाडि, बीच र पछाडि मिल्ने गरि प्रयोग गर्नुपर्छ ।
(To convert a causative verb to a non-causative, 'न' must be added in the causative verb. The 'न' should be used in a way that fits grammatically at the beginning, middle, or end of the verb.)करण क्रियालाई अकरण क्रिया बनाउन कालका सबै पक्षका अकरण रुपावली जानेको हुनुपर्छ ।
(To transform a causative verb into its Akaran form, one must be familiar with all the possible Akaran forms for each tense of the verb.)गरोइन, परोइन जस्ता क्रियालाई सामान्य सम्भावनाका अकरण रुपमा नगर्ला, नपर्ला बुझ्नुपर्छ । गरोइन करण गर्ला, परोइनको करण पर्ला हुन्छ ।
(Verbs like गरोइन (do not do) or परोइन (do not give) should be understood as non-causative verbs of possibility. For example, गरोइन would become गरला (do), and परोइन would become पर्ला (give).)सम्भावना, इच्छा र आज्ञा वाक्य भए सो क्रियापदको अगाडि न थपेर अकरण बनाउनुपर्छ ।
(If the sentence expresses possibility, desire, or order, the verb should be transformed into its Akaran form by adding 'न' before the verb, instead of after it.)
करण-अकरण परिवर्तन गर्दा केही शब्द निम्नअनुसार परिवर्तन गर्नुपर्छ ।
(When converting Karan to Akaran, certain words should be changed as follows:)
- जुन (which) changes to पनि (any).
- जति (as much) changes to कत्ति (how much).
- सबै (all) changes to कोही पनि (anyone).
- जहाँ (where) changes to पनि (anywhere), जहाँसुकै or जतासुकै (wherever).
- जो पनि (whoever) changes to कोही पनि (anyone).
- असाध्यै (extremely) changes to पटक्कै (not at all).
- जे पनि (anything) changes to केही पनि (nothing).
- सधैँ (always) changes to कहिल्यै (never).
करण क्रियालाई अकरण बनाउने तरिका :
(How to transform Karan to Akaran:)
क्रियाको अन्त्यमा 'न' लगाएर :
(Adding 'न' at the end of the verb:)- जान्छ, लेख्यो, जाने छ
= जाँदैन, लेखेन, जाने छैन
- जान्छ, लेख्यो, जाने छ
क्रियाको बीचमा 'न' लगाएर :
(Adding 'न' in the middle of the verb:)- गएछ, डुल्थे, लेखेछ
= गएनछ, डुल्दैनथे, लेखेन्छ
- गएछ, डुल्थे, लेखेछ
क्रियाको सुरूमा 'न' लगाएर :
(Adding 'न' at the beginning of the verb:)- गर्, जाउँला, पुग्ली
= नगर्, नजाउँला, नपुग्ली
करण
अकरण
- हरि
जहिल्यै पढ्छ।
- मृग हो।
- हरि हिँड।
- तिमी
सुतिछ्यौ ।
- म पढौँला ।
- आमा जापान
पुग्नुभएको हुनेछ।
- हरि गए
श्याम जान्छ।
- आगो तातो
हुन्छ ।
- हरि
कहिल्यै पढ्दैन। (अन्त्यमा ‘न‘ थपेको)
- मृग होइन।
- हरि नहिँड
।(सुरुमा ‘न‘ थपेको)
- तिमी
सुतिनछ्यौ । (बिचमा ‘न‘ थपेको)
- म नपढौँला।
- आमा जापान
पुग्नुभएको हुनेछैन।
- हरि नगए
श्याप जाँदैन ।(दुवै क्रियामा ‘न‘ थपेको)
- आगो तातो
हुँदैन (भनेर हरिले रामलाई जिस्क्यायो)।
(आगो तातो
नहुने होइन भनेर बनाइराख्नु पर्दैन।)
- गर्, जाउँला, पुग्ली
काल - Grammatical tense

काल
शब्दले सामान्यतया समयलाई वुझाउँछ । क्रियाको कार्य व्यापार, घटना, अवस्था
वा क्रियाको कामको समयलाई संकेत गर्ने व्याकरणिक कोटीनै काल हो । कालका
वर्तमान, भूत र भविष्यत् गरी तीन चरण हुन्छन् । पक्ष कालको पनि काल समय हो ।
कालको सुक्ष्म अवस्था लाईनै पक्ष भनिन्छ । यसरी हेर्दा वर्तमान कालका तीन,
भूतकालका पाँच र भविष्यत्कालका तीन वटा पक्ष रहेका छन् ।
(The
word "Kal" generally refers to time. The grammatical category that
indicates the time of an action, event, or state is called "Kal." Kal
consists of three phases: Present, Past, and Future. The subtle form of
Kal is called "Paksha" (Aspect). There are three aspects in the present
tense, five in the past tense, and three in the future tense.)
पक्ष
(Paksha)
पक्ष
भनेको क्रियाको कालको विशेष अवस्था हो । पक्षलाई विशेष काल पनि भनिन्छ ।
क्रियाको काल विभिन्न सन्दर्भमा प्रयुक्त हुन्छ र यस्तै अवस्थागत भिन्नता
जनाउने प्रयोगहरू नै पक्ष हुन् । त्यसैले निश्चित कालको सीमाभित्र हुने
क्रियाको कार्यको प्रवृतिलाई पक्ष भनेर चिनाउन सकिन्छ । विशेष गरेर
कृदन्तीय क्रियासँग कालिक क्रियापदको संयोजन गरेर पक्षको रुप निर्माण गर्न
सकिन्छ । जस्तै :- खान्छ, खाँदै छ, खाएको छ, खाएछ आदि ।
(Paksha
refers to a specific form of the verb tense. It is also called "Special
Time" because it conveys the aspect of the verb in different contexts.
Therefore, aspects are used to indicate the nature of actions within a
specific tense. Aspects can be formed by combining verbs with their
tenses, such as "eats," "eating," "has eaten," or "ate.")
१) वर्तमान काल :
Present Tense
अहिलेको समयमा कुनै पनि काम भइरहेको जनाउने क्रियाको काल नै वर्तमान काल हो । वर्तमान कालका पक्षहरु :
(The
verb tense that indicates an action happening in the present time is
called the Present Tense. The aspects of Present Tense are:)
- (क) सामान्य वर्तमान काल :
(Simplified Present Tense)
चलिरहेको समयमा कुनै काम सामान्य तवरले हुन्छ भन्ने बोध गराउने क्रियाको पक्ष सामान्य वर्तमान हो । जसमा (धातु + छु, छौं, छस्, छन् , छेस्, छ्यौ, नुहुन्छ , छ, छे, छिन्) र यिनका अकरण रुपहरु पर्दछन् ।
(The aspect in which an action is happening in the present time in a general sense is the Simple Present Tense. It includes forms like (verb + छु, छौं, छस्, छन्, etc.).)
Example:
शंकरले पढाइलाई ठूलो कुरा ठान्छ । (Shankar considers education important.)
विपिनले सरले भनेको सवै कुरा मान्छ । (Vippin obeys all the instructions given by the teacher.)
(ख) अपूर्ण वर्तमान काल :
(Incomplete Present Tense)
चलिरहेको समयमा कुनै काम हुँदै छ । समाप्त भएको छैन भन्ने बोध गराउने क्रियाको पक्ष अपूर्ण वर्तमान हो जसमा, (धातु + तैं, दैं सामान्य वर्तमान कालका रुपायक प्रत्ययहरु छ, छौं )
(The aspect that indicates an action is in progress but has not yet finished is called the Incomplete Present Tense.)
Example:
सीताले घरबाट ल्याएको खाजा खादैंछे । (Sita is eating the snack she brought from home.)
रीताले फोहोर डस्विनमा हाल्न जादैंछे । (Rita is going to throw the trash into the dustbin.)
(ग) पूर्ण वर्तमान काल :
(Complete Present Tense)
चलिरहेको समयमा कुनै काम पुरा भएको तर त्यसको असर बाँकी छ भन्ने अवस्थाको बोध गराउने क्रियाको पक्ष पूर्ण वर्तमान हो । ( धातु + एको, एकी, एका + सामान्य वर्तमान कालका रुपायक प्रत्ययहरु )
(The aspect that indicates an action has been completed but its effect is still ongoing is the Complete Present Tense.)
Example:
- रामले आज नयाँ साथी भेटेको छ । (Ram has met a new friend today.)
- श्यामले साथीको नाम लेखेको छ । (Shyam has written his friend's name.)
२) भूतकाल :
Past Tense
वितेको समय जनाउने क्रियाको समयलाई भूतकाल भनिन्छ ।
(The verb tense that indicates an action in the past is called the Past Tense.)
- (क) सामान्य भूतकाल :
(Simple Past Tense)
विगतमा कुनै पनि काम सामान्य रुपमा घटेको थियो भन्ने बोध गराउने क्रियाको पक्ष सामान्य भूत हो । ( धातु + एँ, इनँ, यो, एनौं, इस, इनस, यौ, एनौ, इनौ, इन, इनन्, ए, एनन )
(The aspect that indicates an action that happened in the past in a general manner is called the Simple Past Tense.)
Example:
दीपकले सुरिलो भाकामा गीत गायो । (Deepak sang a song in a melodious voice.)
रमेशले मादल बजाएर स्यावासी पायो । (Ramesh played the madal and received praise.)
(ख) अपूर्ण भूतकाल :
(Incomplete Past Tense)
विगतमा कुनै काम सुरु भएर सम्पन्न हुँदै थियो भन्ने बोध गराउने क्रियाको पक्ष अपूर्ण भूत हो । (धातु+तै, दै) जोडेर थियो, थिए, थिइस, थिएँ, थियौ जस्ता सहायक क्रिया प्रयोग गरी निर्माण गरिन्छ ।
(The aspect indicating an action that was happening in the past but was not yet completed is the Incomplete Past Tense.)
Example:
कमलले झोलामा सबै किताब कापी राख्दै थियो । (Kamal was putting all the books and copies in his bag.)
मिलनले आफूले बनाएको चित्र भित्तामा टाँस्दै थियो । (Milan was sticking the picture he made on the wall.)
(ग) पूर्ण भूतकाल :
(Complete Past Tense)
विगतमा कुनै काम सम्पन्न भएको थियो भन्ने बोध गराउने क्रियाको पक्ष पूर्णभूत हो । ( धातु + एको, एका, एकी + थियो, थिए, थियौ, थिएँ )
(The aspect that indicates a completed action in the past is the Complete Past Tense.)
Example:
- कामनाले कक्षा कोठामा ध्यान दिएर सुनेकी थिई । (Kamna had listened attentively in class.)
- भावनाले मुख्य मुख्य कुरा कापीमा टिपेकी थिई । (Bhavna had noted the main points in the notebook.)
३) भविष्यत् काल :
Future Tense
पछि आउने समयमा हुन सक्ने कार्यको बोध गराउने क्रियाको समयलाई भविष्यत् काल भनिन्छ । भविष्यत् कालका पक्षहरू :
(The verb tense that indicates actions that will happen in the future is called the Future Tense.)
- (क) सामान्य भविष्यत् काल :
(Simple Future Tense)
पछि आउने समयमा कुनै कार्य हुनेछ भन्ने बोध गराउने क्रियाको पक्ष सामान्य भविष्यत् हो । ( धातु+नेछु, नेछौं, नेछस्, नेछेस्, नेछौ, नेछ्यौ, नुहुनेछ, नेछ, नेछे, नेछिन् र यिनका अकरण रुपहरु )
(The aspect that indicates that an action will happen in the future is the Simple Future Tense.)
Example:
सफलले राम्रो कविता लेख्नेछ । (Saphal will write a good poem.)
विकलले गृहकार्य सबै मेट्नेछ । (Vikal will finish all the homework.)
(ख) अपूर्ण भविष्यत् काल :
(Incomplete Future Tense)
पछि आउने समयमा कुनै काम भइरहने छ भन्ने अवस्थाको बोध गराउने क्रियाको पक्ष अपूर्ण भविष्यत् हो । ( धातु+तै, दै, जोडेर हुनेछु, हुनेछौं, हुनेछस्, हुनेछेस्, हुनेछौ, हुनुहुनेछ जस्ता सहायक क्रिया प्रयोग )
(The aspect that indicates an ongoing action in the future is the Incomplete Future Tense.)
Example:
विद्यार्थी घर पुगी खाजा खाइ खेल्दै हुनेछन् । (The students will go home, eat snacks, and play.)
गुरु गुरुआमाले दिएको गृहकार्य लेख्दै हुनेछन् । (The students will be writing the homework given by the teacher.)
(ग) पूर्ण भविष्यत् काल :
(Complete Future Tense)
पछि आउने समयमा कुनै काम भएको हुनेछ भन्ने अवस्थाको बोध गराउने क्रियाको पक्ष पूर्ण भविष्यत् हो । ( धातु+एको, एकी, एका जोडेर हुनेछ, हुनेछौं, हुनेछस्, हुनेछेस्, हुनुहुनेछ, हुनेछु......जस्ता सहायक क्रिया थपी क्रियापद निर्माण हुन्छ ।
(The aspect that indicates an action that will have been completed in the future is the Complete Future Tense.)
Example:
- उत्तमले प्रश्नको उत्तर सोचेको हुनेछ । (Uttam will have thought of the answer to the question.)
- पवनले पाठभित्रै उत्तर खोजेको हुनेछ । (Pawan will have found the answer in the lesson.)
भाव अर्थ - Bhav arth

भाव
भन्नाले मानसिक प्रतिक्रिया, प्रवृति, मनोवृति वा अर्थ भन्ने बुझिन्छ ।
यसैले क्रियाबाट निश्चय, अनिश्चय, सम्भावना, बिन्ती, इच्छा, आज्ञा आदि
व्यक्त गर्नु क्रियाको भाव हो । यो सामान्यार्थ, विध्यर्थ र अनिश्चयार्थ
गरी तीन किसिमको हुन्छ । केही मुख्य तल दिइएको छ :-
(Bhav
means mental reaction, tendency, mindset, or meaning. Therefore,
expressing certainty, uncertainty, possibility, request, desire,
command, etc., through verbs is called the emotion of the verb. It has
three types: Samanyartha, Vidhyartha, and Anishchayartha. Some key types
are provided below:)
- सामान्यार्थक (Samanyarthak) :- क्रियाको सामान्य भाव बुझाउने
वाक्यलाई सामान्यर्थक वाक्य भनिन्छ। सामान्यर्थक वाक्यले सामान्य रूपमा हो वा होइन भन्ने अर्थ आउने गरी क्रियाको भाव बुझाउँछ।
(1) Samanyarthak :- Sentences that express the normal meaning of the verb are called samanyarthak sentences. These sentences convey the meaning of the verb in a way that generally implies whether it is or is not.)
काल /
पक्षमा प्रयोग हुने सम्पूर्ण रूपहरू सामान्यार्थक वाक्य हुन् ।
(All forms used in tense/aspect are Samanyarthak sentences.)
राम घर जान्छ ।
( Ram goes home.)राम घर गयो ।
( Ram went home.)राम घर जानेछ ।
( Ram will go home.) etc.
- इच्छार्थक (Ichharthak) :- इच्छा, आशीर्वाद वा शुभकामनाको भाव बोक्ने
क्रियापदको प्रयोग भएको वाक्यलाई इच्छार्थक वाक्य भनिन्छ ।
(2) Ichharthak :- Sentences that express a wish, blessing, or good will are called Ichharthak sentences.)
प्रथम पुरुष (First Person)
म हिडूँ । ( धातु+ऊँ)
( I walk.)हामी हिडौँ ( धातु+औँ)
( We walk.)द्वितीय परुष (Second Person)
तँ डुलेस् । (धातु+ एस्)
( You should wander.)तिमी पढे । (धातु+ ए)
( You read.)तिमीहरू घर गए । (धातु+ए)
( You all went home.)तपाईँ पढ्नुहोओस् । (धातु+ नुहोओस्)
( Please read.)हजुर पढ्नुहोओस् । (धातु+ होओस्)
( Please read.)तृतीय पुरुष (Third Person)
ऊ पढोस् ।(धातु+ओस्)
( He/She should read.)तिनीहरू पढून् । (धातु+ ऊन्)
( They should read.)तिनीहरू डुलून् । (धातु+ऊन्)
( They should wander.)उनीहरू डुलून् ।
( They should wander.)राम डुलोस् । (धातु + ओस्)
( Ram should wander.)त्यो घर जाओस् ।
( That person should go home.)
कर्मवाच्यलाई इच्छार्थक बनाउँदा ‘इयून्’ / ‘इयोस्’ थप्ने
(आँपहरू खाइन्छ ।) आँपहरू खाइयून् । (धातु+ इयून्)
( Mangoes are eaten. Mangoes should be eaten.)(हरिबाट भाइ पिटिन्छ) हरिबाट भाइ पिटियून् / पिटियोस् ।
( Brother is beaten by Hari. Brother should be beaten by Hari.)
- आज्ञार्थक (Aajyarthak) :- आदेश, आज्ञा वा अनुरोध गर्ने वाक्यलाई
आज्ञार्थक वाक्य भनिन्छ । (धातु+ र/ऊ/नु/खा/ इबक्सियोस्/ होस्)
(3) Aajyarthak :- Sentences that express commands, orders, or requests are called Aajyarthak sentences. (Verb + r/ú/nú/kha/ibaksios/hos)
आज्ञार्थमा काल र पक्षको भेद हुँदैन । द्वितीय पुरुषमा
मात्र प्रयोग हुन्छ ।
(In Aajyarthak sentences, there is no distinction between tense and aspect. It is only used in the second person.)तँ र तिमी हुँदा आज्ञार्थक तपाईँ र हजुर कर्ता भए
अनुरोधार्थक क्रियापद हुन्छ ।
(When the subject is "you" or "you all", the verb becomes a request in the third person or polite form.)
उदाहरण:
(Example:)
तिमी पढ ।
( You read.)तिमी राम्ररी
पढ्नू
( You should read well.)हरि र राम
स्कुल जाओ ।
( Hari and Ram, go to school.)तिमी खाना खाऊ ।
( You eat food.)तपाईँ
लेख्नुहोसस् ।
( Please write.)
- सङ्केतार्थक (Sanketarthak) :- कार्यकारण सम्बन्ध रहेको वाक्य सङ्केतार्थक
वाक्य हो। यसमा एउटा क्रियाले कारणको भाव बुझाउँछ भने अर्को क्रियाले कार्यको भाव
बुझाउँछ ।
(4) Sanketarthak :- Sentences that express a cause-effect relationship are called Sanketarthak sentences. In these, one verb expresses the cause, and the other expresses the effect.)
मन मिले बिहे हुन्छ ।
( When hearts meet, marriage happens.)मन मिल्यो भने बिहे हुन्छ ।
( If hearts meet, marriage happens.)आकाश गर्जे पानी पर्छ ।
( When the sky thunders, it rains.)(सागर पौडी खेल्छ।) सागरले पौडी खेले हुन्छ ।
( Sagar swims. Sagar must swim.)
- संभावनार्थक (Sambhavanarthak) :- सम्भावना बुझाउने वाक्यलाई सम्भावनार्थक
वाक्य भनिन्छ ।
(5) Sambhavanarthak :- Sentences that express possibility are called Sambhavanarthak sentences.)
(धातु+उँला)
जाउँला/खाउँला/ घुमौँला/
जालास्/ खालास्/ घरमौली
घुम्लान्/घुम्लिन्/
जान्छन् होला/ भएको होला
( Verb + umla)
म पढुँला ।(सामान्य सम्भावना)
( I might read. (General possibility))तिमी पढदै हौला
( You might be reading.)राम पढदै होला। (अपूर्ण सम्भावनार्थ)
( Ram might be reading. (Incomplete possibility))सीताले पढेकी होली ।(पूर्ण सम्भावनार्थक)
( Sita might have read. (Complete possibility))